रुकुम पश्चिममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रुकुम पश्चिम,१८ बैशाख । रुकुम पश्चिममा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–४ खाराका ४५ वर्षीय जयबहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।


त्रिवेणी गाउँपालिका-४ सिम्रुतु भन्ने स्थानमा आज बिहान रा १ ख ३२१७ नम्बरको मिनी ट्रकले रा ६ प ८५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक सल्यानको छत्रेश्वरी गाउँपालिका -७ निवासी २९ वर्षीय लक्ष्मण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।