दाङमा करोडौं बेरुजु

तुलसीपुर
८ भदौ / दाङमा करोडौं वेरुजु देखिएको छ । गएको आर्थिक बर्षमा तुलनात्मक रुपमा सबै भन्दा धेरै लमही नगरपालिकामा बेरुजुदेखिएको छ । जहाँ १४.१२ प्रतिशत बेरुजु देखिएको छ, भने सबै भन्दा कम बबई गाउँपालिकामा ०.८९ प्रतिशत बेरुजुदेखिएको छ ।

महालेखा परीक्षकको कार्यालयका अनुसार घोराही उपमहानगरपालिकामा ११ करोड १२ लाख १६ हजार बेरुजु देखिएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा १३ करोड ७० लाख ३ हजार, लमही नगरपालिकामा १६ करोड ५८ लाख ८२ हजार, गढवा गाउँपालिकामा ४ करोड २६ लाख २९ हजार, दंगीशरण गाउँपालिकामा १ करोड ७९ लाख १५ हजार, बंगलाचुली गाउँपालिकामा ६ करोड ५३ लाख ८३ हजार, बबई गाउँपालिकामा ७२ लाख ३९ हजार बेरुजु देखिएको छ ।


त्यस्तै राजपुर गाउँपालिकामा ४ करोड ८१ लाख ३७ हजार, शान्तिनगर गाउँपालिकामा १ करोड ७६ लाख ९४ हजार र राप्ती गाउँपालिकामा २ करोड ९१ लाख ३६ हजार बेरुजु देखिएको छ ।