मेट्रो कलेजमा अभिमुखिकरण

तुलसीपुर, २८ कात्तिक ।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले अभिमुखिकरण कार्यक्रम गरेको छ । कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई विभिन्न विषयको बारेमा जानकारी गराईएको हो । कलेजको डिप्लोमा तह र कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कार्यक्रमको महत्वका बारेमा जानकारी गराइएको थियो ।

पशुपती माध्यमिक विद्यालय तुलसीपुर १२ हरिपौरीका अध्यक्ष खगेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले शिक्षालयले विद्यार्थीको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षा आजको आवश्यकता भएको भन्दै प्राविधिक शिक्षाले मात्रै व्यक्तिको जीवन परिवर्तन गर्न सक्ने कुरामा जोड दिनुभयो । ‘प्राविधिक शिक्षाले व्यक्तिलाई जानसँगै सीप पनि प्रदान गर्ने भएकाले जीवन निर्वाह गर्न यसले निकै सहयोग पुग्दछ’ उहाँले भन्नुभयो ।


कार्यक्रममा शिक्षकहरु पूर्णबहादुर वली,रक्षा पौडेल,रेणु खड्का र विद्यार्थीहरु सुशिल खनाल र स्मृति चौधरी लगायतले विषयगत जानकारी गराउनुभएको थियो । कार्यक्रम संयोजक अपिल आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कलेजका अतिरिक्त क्रियाकलाप संयोजक केपी न्यौपानेले गर्नुभएको थियो । कार्यक्रम कलेज प्रमुख वसन्त आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।