त्रिशिद्वेश्वरी यातायातद्वारा राहात प्रदान

टेकराज भण्डारी
तुलसीपुर, ७ बैशाख ।
तुलसीपुर स्थित त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिले बस दुर्घटनामा परि मृत्यु भएका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

ना ४ ख ६३१० नम्बरको गाडी दुर्घटनामा परि मृत्यु भएका गीरीद्वल नेपालीका परीवारलाइ राहत स्वरुप एक लाख पचास हजार राहत दिएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै यातायातले दुर्घटना परि मृत्यु भएका नेपालीका परिवारलाई राहत दिएको हो ।


प्रालिका अध्यक्ष सुरेश हमालका अनुसार एक लाख पचास हजारको रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।