८ वटा देशलाई पछि पार्दै दाङका वायु बने प्रथम

तुलसीपुर
२७ असोज /
८ वटा देशलाई पछि पार्दै दाङका बायु पौडेल‘अनमोल’ ‘द फोर्थ स्पीच कन्टेष्ट फर फरिजन वर्कर’ कार्यक्रममा प्रथम भएका छन् ।

             

द जज अर्डर अफ कोरिएन बुद्धिजमले द कोरियाको राजधानी सोलमा आयोजना गरेको उक्त कार्यक्रममा अनमोल प्रथम भएका हुन् ।


नेपालबाट सहभागी भएका उनले बुद्धको मार्गबाट तनाबरहित जीवन कसरी विताउन सकिन्छ भन्ने विषयमा आफ्नो भनाई राखेका थिए ।

बबई गाउँपालिका वडा नं.४ घर हाल दक्षिण कोरिया रहेको पौडेलले विजयी भएसंगै कोरिएन वन ५ लाख राशीको पुरस्कार प्राप्त गर्न सफल भएका थिए । उक्त कार्यक्रम असोज २३ गते भएको थियो ।