गुरुकुल एकेडेमीको बाह्य वर्कशप सम्पन्न

घोराहि, १ पुष ।
गुरुकुल एकेडेमीले विद्यालयमा अध्ययनरत कक्षा प्रि २ देखि कक्षा ७ सम्मका विद्यार्थहरुका लागि संचालन गरेको वर्कशप आज सफलता पुर्वक सम्पन्न भएको छ । घोराहि उपमहानगरपालीका भित्र रहेको विभिन्न ४ होटलमा ग्रुप विभाजन गरी वर्कशप संचालन गरीएको हो । घोराहिमा रहेको होटल डोको, होटल माला इन, भिग्रेली रीसोर्ट र दाङ फन भ्यालि प्रालिमा विद्यार्थीहरुलाई लगेर कार्यक्रम गरीएको थियो ।
विद्यालयको कक्षा कोठा भन्दा फरक वातावरणमा लगि २र२ वटा कक्षाका विद्यार्थीहरुलाई एक ठाँउमा राखि वर्कशप गरीएको हो । सानो कक्षाका विद्यार्थिहरुले ठुलो कक्षाबाट केहि सिक्ने र ठुलो कक्षाका विद्यार्थिहरुले सानालाई केहि सिकाउने र साथ साथै विद्यार्थिहरुको सर्वागिंन विकासकालाई वाह्य बातावरणमा लगि यस्तो वर्कशप गरीएको विद्यालयले बताएको छ ।
विद्यालयमै वर्कशप नगरी बाहिर लगिएको बारेमा अभिभावक कति सन्तुष्ट छन भन्ने बारेमा प्रतिक्रिया लिदा गुरुकुलमा हरेक क्रियाकलाप घोकन्ते विद्या मात्र नभएर ब्यवहारीक ज्ञान पनि प्रदान गर्ने गरेको र आजको यो वर्कशप पनि आफ्नो कन्फिडेन्ट लेभल बढाउने र धेरै अतिरीक्त कुराहरु सिक्ने अवशर मिलेकोमा कक्षा ६ मा अध्ययनरत छात्र सुसान्त पोख्रेलका वुवा राम प्रसाद पोख्रल निकै खुसि भएको बताउनुभयो ।
साथै उहाले आफ्ना छोरा गुरुकुलबाट ४ जिपिए ल्याउन पनि यस्तै क्रियाकलापले सफल भएको बताउनुभयो । यस्तै अर्का अभिभावक माधव आचार्य पनि विद्यालयको काम प्रति निकै खुसि भएको बताउनुभयो । विद्यालयले ४ वटा समुहको नेतृत्व आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेल, शिक्षिका सुनिता रानि पुन, मन्टेस्वरी संयोजक लोचना पौडेल र विज्ञान विषयका बिभागिय प्रमुख भुवन आचार्यलाई खटाएको थियो ।
वर्कशपको ब्यबस्थापन ईसिए संयोजक विशालमान श्रेष्ठले गर्नुभएको थियो भने संयोजकमा महेन्द्र पौडेल रहनुभएको थियो । विद्यार्थिहरुको लागि विद्यालयले हरेक वर्ष यस्ता अतिरीक्त क्रियाकलापहरुमा विद्यार्थीहरुलाई सहभागि गराउदै आएको छ । गुरुकुल एकेडेमीले पुर्ण मानव बनाउने लक्ष्यका साथै शैक्षिक क्रियाकलाप अगाडि बढाइरहेको छ । यहि लक्ष्य अनुरुप गुरुकुल एकेडेमीले २०८० बैशाखबाट तुलसिपुर र लमहिमा पनि विद्यालयहरु संचालनमा ल्याउन लागेको छ ।