पैसा बाँड्दै, कार्यकर्ता खुसी बनाउँदै तुलसीपुर : साढे ८० लाख भुक्तानी गर्नुपर्नेमा करिब १ करोड वितरण

तुलसीपुर
८ भदौ / महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार गएको आर्थिक बर्षमा तुलसीपुर उपमहानगरपालिकाले उपभोक्ता समिति र ज्यामिहरुलाई आबश्यक भन्दा बढि भुक्तानी गरेको छ ।

निर्माण कार्यको ईन्जिनियरिङ नम्र्स अनुसार तयार गरेको लागत अनुमान भन्दा बढि पाँच उपभोक्ता समितिलाई र नापी किताबमा उल्लेखित कामको परिणाम अनुसार ज्यामी ज्याला गरि रु ८० लाख ६५ हजार भुक्तानी गर्नुपर्नेमा एक करोड ३१ हजार भुक्तानी गरेको भेटिएको छ ।


बढि भुक्तानी गरेको उक्त रकम असूल गर्नुपर्ने महालेखा परीक्षक कार्यालयको ठहर छ । स्रोत : अग्रिम साप्ताहिक