स्थापना दिवसमा खाद्यान्न र आर्थिक सहयोग

लमही, ११ असार ।
५० औं स्थापना दिवसको अवसर पारेर नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले विविध कार्यक्रम गरेर मनाएको छ ।

दाङ शाखा अध्यक्ष बिष्णु प्रसाद पौडेलले स्थापनाको अवशरमा सामाजिक उत्तरदायित्व काम गर्न पाउँदा खुशी लागेको बताउनु भयो । आगामी दिनमा पनि यस्तै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

शाखाले नेपाल अपांग संघ नवजीवन केन्द्र झिंगौरा दाङलाई खाद्यान्न तथा अत्यावश्यक औषधी प्रदान गरेको अध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिनु भयो ।


त्यस्तै शाखाले तुलसीपुर निवासी क्यान्सर पिडित नन्दकला बुढालाई नगद वीस हजार रुपैयाँ समेत प्रदान गरेको छ । उनि राप्ती पहिचान डट कम अनलाइन पत्रीकाका संचालक यज्ञ बुढा मगरकी श्रीमती हुन। नेपाल औषधी व्यवसायी संघ जिल्ला कार्यसमिति दाङले विगत देखि नै सामाजिक क्षेत्रमा सक्रिय भई विभिन्न विधामा सहयोग गर्दै आएको छ ।

दाङ शाखाका अध्यक्ष बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब सुनिल रेग्मीले गर्नु भएको थियो ।