
प्रधानमन्त्री बालेन शाहसँग भदौ १० गते प्रतिनिधिसभामा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरका लागि समय निर्धारण गरेका हुन्।
प्रश्न सोध्न चाहने सांसदहरूले भदौ ५ गतेभित्र सभाका सचिव समक्ष प्रश्न दर्ता गराइसक्नुपर्नेछ।
प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा १५ जना सांसदहरूले प्रश्न सोध्न पाउँछन्।
सभामा प्रतिनिधित्व गर्ने ६ वटा दलका तर्फबाट एक-एक जना र बाँकी ८ जना सांसद भने दलको हैसियत अनुसार छानिने छन्। अर्थात्, प्रश्नोत्तरमा सत्तारूढ रास्वपाका धेरै सांसदले भाग लिन पाउने छन्।
त्यसअघि आजै सभामुख डोलप्रसाद अर्यालले सदनमा उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका थिए।



लाइभदाङ । २ भाद्र २०८३, मंगलवार ००:५२ बजे