तुलसीपुरमा अपहरण गरेको भन्दै पाँच जना विरुद्ध अपहरणको मुद्दा

दाङ, ०१ भदौ ।
तुलसीपुरका पाँच जनालाई अपहरणको मुद्दा लागेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ भगवति टोल निवासी १९ बर्षीय जीवन विकलाई अपहरण गरेको उनीहरु माथि आरोप लगाएर जिल्ला अदालत दाङमा अभियोग दर्ता भएको   छ ।

शुक्रबार दर्ता भएको अभियोग पत्र अनुसार शान्तिनगर ५ घर भई हाल तुलसीपुर ६ शिखर कोलोनी बस्ने २२ बर्षीय सतिस श्रेष्ठ, तुलसीपुर ५ रानीजरुवा निवासी १९ बर्षीय विजय, घोराही ४ आँपखोली निवासी २१ बर्षीय चेतन बुुढा मगर, तुलसीपुर २ निवासी २० बर्षीय विपिन योगी विरुद्ध अहरणको मुद्दा दर्ता भएको हो ।


त्यस्तै एक जना १८ बर्षीय बालक पनि पक्राउ परेका छन् । बुढा र योगी भने फरार रहेका छन् । उनीहरु विरुद्ध शुक्रबार जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरेको हो । क्यारेम बार्ड खेलेर घर फर्किने क्रममा तुलसीपुर १० डिल्ली बजार स्थित एकान्त ठाउँमा पु¥याएको भन्दै उनीहरु विरुद्ध अपहरणको मुद्दा दर्ता भएको हो ।