
दाङ, ०१ भदौ ।
तुलसीपुर उपमहानगरपालिका–५, तुलसीपुर ‘घ’ लाइनमा ‘नानु फेन्सी एन्ड बुटिक’ सञ्चालनमा आएको छ। नन्दी केसी र नमुना वली राणाको संयुक्त लगानीमा सञ्चालनमा आएको पसलको सोमबार तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले उद्घाटन गर्नुभयो।
सञ्चालक नन्दी केसीले महिलाहरूको महान् पर्व तीजलाई लक्षित गरी सहुलियत दरमा गुणस्तरीय तथा ब्रान्डेड सामग्री उपलब्ध गराउने बताउनुभयो। ग्राहकलाई सहज मूल्यमा सामान उपलब्ध गराउँदै कम नाफामा व्यवसाय सञ्चालन गर्ने आफ्नो उद्देश्य रहेको उहाँको भनाइ छ।
बुटिक सञ्चालक नमुना वली राणाले तुलसीपुरका दिदीबहिनीको रोजाइ र आवश्यकताअनुसारका फेन्सी तथा बुटिक सामग्री उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो।
उद्घाटन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेशराज भण्डारी, देवबहादुर केसी, महासचिव केशवराज केसी, सदस्य तीर्थबहादुर डाँगी तथा उद्योगपति गोकर्ण गिरीलगायतको सहभागिता थियो।



लाइभदाङ । १ भाद्र २०८३, सोमबार २१:३८ बजे