तुलसीपुर
११ असोज / नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) तुलसीपुर नं १३ को भेला सम्पन्न भएको छ ।
भेलाले बलबहादुर खत्रीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सम्भु नेपाली सचिवमा गिरिराज वली, सहसचिवमा कृष्ण भुसाल , कोसाध्यक्षमा डिलादेबि महतरालाई चयन गरिएको छ । भेलाले ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज निर्मल आचार्य, केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज हेमराज शर्मा (डाइमण्ड),केन्द्रिय सल्लाहकार समिति सदस्य सेसुराम भण्डारी, केन्द्रिय लेखा आयोग सदस्य अन्जान दहित, नगर कमिटि अध्यक्ष खुशीराम चौधरी, नगरकमिटि सदस्य दिपशिखा घर्तीलगायतको सहभागितामा भेला भएको हो ।
लाइभदाङ । ११ आश्विन २०७९, मंगलवार २१:२५ बजे