जेसिजले यस बर्ष पनि ‘स्लो वाईक रेस’ प्रतियोगिता गर्ने

तुलसीपुर
६ कात्तिक / तुलसीपुर नगर जेसिजले यस बर्ष पनि ‘स्लो वाईक रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विगतदेखि नै उक्त प्रतियोगिता आयोजना गर्दै आएको जेसिजले यस बर्ष पनि उक्त प्रतियोगिता आयोजना गर्न थालेको हो । यो प्रतियोगिता धेरैले रुचाएका छन् । जेसिज सप्ताह अन्तर्गत सात दिनसम्म बिभिन्न कार्यक्रम आयोजना गर्न लागिएको प्रबक्ता पूर्णबहादुर डाँगीले बताए । उनका अनुसार कात्तिक ८ गतेदेखि सप्ताह सुरु हुनेछ ।


८ गते पौने १२ बजे उद्घाटन तथा रक्तदान कार्यक्रम हुनेछ । त्यस्तै ९ गते फस्ट एड ईन स्कुल, १० गते स्लो वाईक रेस प्रतियोगिता, , ११ गते ईन्ट्रयाक्सन वीथ आईआरडी, १२ गते सेभ आवर चिल्ड–नेस्ट भाइव अफ कोभिड, १३ गते मिनि म्याराथुन र १४ गते वातावरणीय संरक्षण विषयक अन्तरक्रिया तथा समापन कार्यmत्रम आयोजना हुनेछ ।