फेसबुकको नाम फेरेर मेटा राखियो

कात्तिक
१२ कात्तिक / फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ ।

फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् । एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका हुन् ।


जुकरबर्गले बिहीबार क्यालिफोर्नियास्थित मेन्लो पार्कको मुख्यालयमा मेटाको नयाँ लोगो सार्वजनिकसमेत गरे । नयाँ लोगो इनफिनिटी आकारमा छ ।