तुलसीपुर १२ को एक घरमा आगलागी हुँदा लाखौं क्षति

तुलसीपुर
३० वैशाख / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित दक्षिण कपडादेवीको एक घरमा आगलागी भएको हुँदा लाखौको क्षति भएको छ ।

स्थानीय जित चौधरीको घरमा आगलागी हुँदा ३० मुरी धान, २ लाख ५० हजार नगद, ढाईतोला सुन, लत्ता कपडा, खाद्यान्नलगायतका सामग्रीमा क्षति भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हो ।


आगलागी नियन्त्रण गर्न सोही वडाका वडाध्यक्षका उम्मेदवार खुसीराम चौधरीलगायतको टोली पुगेको थियो । साथै तुलसीपुर उपमहानगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।