युवा सञ्जाल दाङको संयोजकमा लहरे

तुलसीपुर
३ असोज / जिल्ला युवा समन्वय सञ्जाल दाङको संयोजकमा ऋषिराज लहरे(अरुण)लाई चयन गरिएको छ ।

तुलसीपुर ६ निवासी लहरेलाई लुम्बिनी प्रदेशको शिक्षा तथा खेलकूद मन्त्रालय अन्तर्गत रहेको प्रदेश युवा परिषदले नियुक्त गरेको हो । प्रदेश उपाध्यक्ष गोविन्द बहादुर खत्रीले संयोजक नियुक्त गरेका हुन् ।


लहरे महेन्द्र मावि तुलसीपुरका अध्यक्ष हुन्, नेविसंघका जिल्ला कोषाध्यक्ष सहित काँग्रेसका महाधिवेशन प्रतिनिधि पनि हुन् ।

No description available.