
तुलसीपुर,१७ साउन ।
दाङ क्षेत्र नम्बर ३ का सांसद कमल सुवेदीले टरिगाउँ एयरपोर्ट हुँदैन वा बन्दैन भन्ने पुरानो र नकारात्मक सोचलाई पूर्ण रूपमा त्याग्नुपर्नेमा जोड दिएका छन् । काँग्रेस नेता दीपक गिरीले बन्दैन भनेर सार्वजनिक अभिब्यक्ति दिएपछि सुवेदीले अबको नेतृत्वमा गरौँ र बनाऔँ भन्ने दृढ संकल्प हुनुपर्दछ, जसले मात्र जिल्लाको समृद्धिलाई अगाडि बढाउन सक्ने बताए ।
सांसद सुवेदीले राजनीतिलाई व्यक्तिगत एजेन्डा वा जनतामा निराशा फैलाउने माध्यम बनाउनुको सट्टा तथ्य र समाधानमा आधारित हुनुपर्ने बताए । उहाँले दाङका नागरिकहरूले निराशाजनक अभिव्यक्ति भन्दा पनि सकारात्मक सोच र परिणाममुखी नेतृत्वको अपेक्षा गरेको उल्लेख गर्दै विमानस्थल निर्माणका लागि सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । । विकासमा अवरोध देखाउनुभन्दा समाधानका बाटोहरू खोजेर अघि बढ्नुपर्ने उनको भनाई छ ।



लाइभदाङ । १७ श्रावण २०८३, आईतवार ००:१६ बजे