तुलसीपुरको सुनचादी पसलमा लागेको आगो नियन्त्रणमा, सुनमा क्षति

दीपक बोहरा
दाङ, १८ माघ । दाङको तुलसीपुर स्थित एक सुनचाँदी पसलमा लागेको आगो नियन्त्रणमा आएको छ ।

तुलसीपुर ५ ‘क’ लाईन स्थित बाणिज्य बैंक बसेको तल्लो तलामा रहेको न्यू नेपाल सुनचाँदी पसलमा राति ७ बजेतिर आगलागी भएको हो ।


उक्त आगो पौने ८ बजेतिर नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

सुनचाँदी पसलमा आगोले सुन, चाँदीलगायतका अधिकांस सामानमा क्षति भएकाे छ ।  उक्त  सुन पसल ललित गुप्ताको हो । सोही स्थानमै रहेको भाग्यलक्ष्मी इन्टरप्राइजेजका कपडामा पनि केही क्षति पुगेको छ । आगलागीको कारण भने पत्ता लाग्न सकेकाे छैन ।