माओवादी र काँग्रेस पनि बाँकी रहनेवाला छैनन : पोखरेल

तुलसीपुर
१९ भदौ / नेकपा एमालेका स्थायी कमिटि सदस्य शंकर पोखरेलले राजनीतिक दलसम्बन्धि अध्यादेशमा २० प्रतिशतको व्यबस्था तत्काल नहटाए काँग्रेस र माओवादी केन्द्र पनि फुट्ने बताएका छन् ।

शनिबार एमाले दाङ क्षेत्र नं. ३ ले आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले कुनै पनि संसदीय व्यबस्था लागु भएको मुलुकमा ४० प्रतिशतले विद्रोह गरेमा पार्टी फुटाउन सक्ने व्यबस्था भएपनि नेपालमा २० प्रतिशत बनाएर एमालेलाई फुटाएको बनाए । अब तत्काल यसलाई परिबर्तन नगरे काँग्रेस र माओवादी पनि फुट्ने डर रहेको भन्दै यसलाई हटाउन लागेको समेत बताए ।

‘हाम्रा अध्यक्ष केपी ओलीले प्रधानमन्त्री भएको बेला संसदीय दलमा वा केन्द्रीय कमिटिमा ४० प्रतिशत भए पुग्ने गरि अध्यादेश ल्याएको बेला पार्टी भित्रै र बाहिरबाट विरोध भएपछि फिर्ता लिनुभएको थियो’,उनले भने‘तर, अहिले देउवाले संसदीय दल वा केन्द्रीय कमिटिमा २० प्रतिशत पु¥याएर पार्टी फुटाउन सकिने व्यबस्था ल्याएर एमालेलाई कम्जोर पार्ने षडयन्त्र भयो, अहिले उनीहरुलाई एमाले त चोइट्याईयो नी भन्ने प¥या होला , यो अध्यादेश केही समयसम्म कायम राख्ने हो भने माओवादी कै भबिष्य के हुने वाला छ, काँग्रेसकै भबिष्य के हुने वाला छ, ठेगान छैन ।’

यो षडयन्त्र २२ सम्म रहन्छ, त्यसपछि उनीहरुले अध्यादेश आफै फिर्ता लिने उनको भनाई छ । साथै उनले सरकार परिबर्तन भएको लामो समय भएपनि मन्त्री परिषद विस्तार गर्न नसकेको भन्दै आलोचना गरे ।


अहिले मन्त्री बनाउने हो भने पार्टी भित्र आलोचना हुने भन्दै मन्त्री थप्न नसकेको उनको भनाई छ ।‘माधव नेपालहरु पनि आफ्नो पार्टीबाट कसलाई मन्त्री बनाउने हो, अहिल्यै घोषणा गर्दैनन्, कतिबेला घोषणा गर्छन, भने जतिबेला स्थानीय तहका जनप्रतिनिधिहरुलाई विभाजित गर्दैनन्, त्यतिबेलासम्म उनीहरुले मन्त्रीहरुको टुंगो लगाउने वाला छैनन्’, उनले भने‘ जनप्रतिनिधिलाई पार्टीमा ल्याएपछि अहिलेसम्मका सबै बाँचा तोड्नेवाला छनन्, अहिले भनेकाहरु कोही मन्त्री हुनेवाला छैनन्, बढि भए माधव नेपालले ५ वटा मन्त्री पाउला, त्यसपछि अरु १५ जना गल्ति भयो भन्दै एमालेमै आउने वाला हुनुहुन्छ ।

’माधव नेपालले अब अध्यक्ष बन्ने कुनै बाटो नदेखेपछि पार्टी फूटाएर अध्यक्ष बनेको भन्दै अहिले बक्तब्य निकाल्दैमा मख्ख परेको समेत बताए । तर, अब उनको राजनीतिक भबिष्य नभएको समेत उनको भनाई छ । अबको चुनाबमा माधवको हातल पनि सीपी मैनाली जस्तै हुने समेत उनले बताए ।
साथै उनले कार्यदलले गरेको १० बुदे सहमितलाई रचनात्मक ढंगले लागु गरिने समेत बताए । त्यस्तै उनले अहिले एमाले विरुद्धको घेराबन्दीको गठबन्धन लामो समय नटिक्ने समेत बताए ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'