महरालाई दाङ १ बाट पनि सिफारिश

दाङ,३० भदौ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा दाङ क्षेत्र नं.१ बाट पनि सिफारिश हुनुभएको छ । यस अघि उहाँ दाङ क्षेत्र नं.२ र रोल्पाबाट सिफारिश हुनुभएको थियो ।

विहीबार बसेको पार्टीको क्षेत्रीय कमिटि बैठकले दाङ क्षेत्र नं.१ बाट पनि सिफारिश गरेको हो । सोही क्षेत्रबाट पार्टीका पोलिटब्यूरो सदस्य नारायणी शर्मा ‘प्रतीक्षा’ र लुम बहादुर कार्की‘बद्री’को नाम पनि सिफारिश भएको छ ।


त्यस्तै क्षेत्र नं. १ ‘क’बाट इन्द्रजित थारु, लुमाकान्त न्यौपाने ‘सागर’, बिरेन्द्र चौधरी, होमप्रसाद शर्मा र धर्मराज अधिकारीको नाम सिफारिश गरेको छ ।

क्षेत्र नं.१‘ख’बाट दामा शर्मा, रामप्रसाद घिमिरे, बसन्तराज अधिकारी, बाबुराम चौधरी, कालुराम चौधरी, गंगा पाण्डे, भोगेन्द्र सिंह राजपुत, भिम बहादुर वलीको नाम सिफारिश गरिएको छ ।

मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनकालागि उहाँहरुलाई पार्टीको माथिल्लो कमिटिमा सिफारिश गरिएको हो । यो संगै माओवादीले दाङका तीन वटै क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारहरुको नाम सिफारिश गरिएको छ ।