लुम्बिनीमा मुख्यमन्त्रीको शपथ आज

तुलसीपुर,२५ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ ।

दिउसो १ः४५ मा शपथ ग्रहण कार्यक्रम हुन लागेको हो । प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रबक्ता भुमिश्वर ढकालले बताए ।


एमाले, जनता समाजवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र सांसदको सहयोगमा माओवादी केन्द्रका महरा मुख्यमन्त्री नियुक्त भएका थिए ।

उहाँलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरिएको हो । आजै सानो आकारको मन्त्री मण्डल गठन गर्ने समेत तयारी छ ।