
दीपक बोहरा
दाङ, २९ साउन ।
दाङमा अपाङ्गता भएका महिलालाई बालात्कार गर्ने एक ब्यक्तीलाई जन्मकैदको फैसला सुनाएको छ । उच्च अदालत तुलसीपुरले सोमबार फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दे ‘क’ बर्गको अपाङ्गता भएको महिलालाई बलात्कार गर्ने दाङ तुलसीपुर–७ राजापुरमा बस्ने ३४ वर्षीय जगत बहादुर रावतलाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतले गरेको उक्त फैसलालाई उच्च अदालतले सदर गरेको हो ।
मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले जन्मकैदको फैसला गर्दै ७ लाख रुपैयाँ जरिवाना र पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति समेत बुझाउनुपर्ने फैसला गरेको हो ।
रावतले घरमा कोही नभएको मौका छोपी जन्मजात रूपमा बोल्न नसक्ने, सुस्त मनस्थितिकी र हिँडडुल गर्न नसक्ने महिलालाई उनकै घर पछाडिको बाथरुममा जबरजस्ती करणी गरेको अदालतको ठहर छ । पीडितकी बहिनीले सो घटना प्रत्यक्ष देखेपछि घटना सार्वजनिक भएको थियो ।



लाइभदाङ । २९ श्रावण २०८३, शुक्रबार १०:४१ बजे