दाङको तुलसीपुरमा अटो पल्टिदा ३ जना घाइते

तुलसीपुर, २४ भदौ ।
दाङको तुलसीपुर-७ शिवनगर टोलमा अटो पल्टिदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर –४ घोरानेटी निबासी ३२ बर्षकी हुमा पराजुली, तुलसीपुर –३ रानागाउँ निबासी २२ बर्षकी पार्वती केसी र तुलसीपुर –७ गणेसपुरको मिलन चोक निबासी ५७ बर्षकी हिमा वली भट्टराई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । रक्षाचौरबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ह ५१६० नम्बरको अटो अयिन्त्रीत भएर पल्टिएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख उत्तम जिसीले जानकारी दिनुभयो । दुर्घटना आज बिहान पौने १० बजे भएको थियो ।