ज्ञान ज्योति रनिङशिल्ड प्रतियोगिता शुरु

तुलसीपुर, ११ कार्तिक ।
ज्ञान ज्योति फाउन्डेसन रनिङशिल्ड प्रतियोगिता २०८१ आज देखि शुरु भएको छ । ज्ञान ज्योति फाउण्डेसन अन्तर्गत रहेका विद्यालयहरुको सहभागिता रहने रनिङशिल्ड प्रतियोगिताको आज उदघाटन भएको हो ।

अमृत एकेडेमी तुलसीपुर१९ विजौरीको आयोजनामा आज देखि बेल्झुण्डी रङ्गशालामा शुरु भएको प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने छ । प्रतियोगितामा एथलेटिक्सका सवै खेलहरु हुने खेल संयोजक सुनिल भण्डारीले जानकारी दिनुभयो ।

अमृत एकेडेमी विजौरिका प्रिन्सिपल प्रताप सेजवालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १९ का वडा अध्यक्ष प्रेमनाथ योगिको प्रमुख आतित्थ्यतामा प्रतियोगिताको उदघाटन गरिएको थियो ।


उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि योगीले विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले दक्ष खेलाडीहरु उत्पादनमा टेवा पु¥याउनुका साथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुग्न उनीहरुलाई मद्दत मिल्ने बताउनुभयो ।

सो अवसरमा वोल्दै ज्ञान ज्योति फाउन्डेसनका संस्थापक अध्यक्ष टिका वहादुर जिसिले फाउन्डेसनले विद्यार्थीहरुको पठन पाठन मात्र नभई चौतर्फि विकासका लागि वार्षिक रुपमा खेलकुद प्रतियोगिताको आयोजना गर्ने वताउनुभयो । फाउन्डेसनमा १४ विद्यालय आवद्द रहेको भन्दै विद्यार्थीहरुलाई पढाइ संगसंगै शारिरिक तथा मानशिक रुपमा सबल र सक्षम वनाउन अतिरिक्त क्रियाकलापहरुमा सहभागी गराउने वताउनुभयो ।

अमृत एकेडेमीका भाईस प्रिन्सिपल नारायण अधिकारको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन ज्ञान ज्योति कलेजका उप प्राध्यापक सोमराज वस्नेतले गर्नु भएको थियो ।