देउखुरी, २४ भदौ ।
सर्पको टोकाइबाट दाङको राजपुरमा एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नं. ५ महतिनिखोला निवासी ११ वर्षिया सानुमाया विक रहेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
बिहिवार राती घरमै सुतिरहेको समयमा उनलाई औलामा टोकेको थियो। उनलाई उपचारको लागि लमही ल्याउदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। शवलाई लमही अस्पतालको शवगृहमा राखिएको छ ।
लाइभदाङ । २४ भाद्र २०७९, शुक्रबार ११:४६ बजे