दाङमा ६ लाख ७४ हजार बढि जनसंख्या

दाङ, १० चैत ।
दाङको जनसंख्या सात लाख नजिक पुगेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको १२ औँ जनगणना-२०७८ को सार्वजनिक गरेको अन्तिम तथ्याङक अनुसार दाङको जनसंख्या ६ लाख ७४ हजार ९ सय ९३ कायम भएको हो ।

प्रतिवेदन अनुसार दाङमा पुरुष भन्दा महिलाको संख्या बढी रहेको छ । ३ लाख २० हजार ५७३ अर्थात् ४७ दशमलव ५ प्रतिशत पुरूष र ३ लाख ५४ हजार ४२० अर्थात् ५२ दशमलव ५ प्रतिशत महिला रहेका छन् ।

दाङको दश पालिकामध्ये सबैभन्दा बढी जनसंख्या घोराही उपमहानगरपालिमा रहेको छ भने सबैभन्दा कम बंगलाचुली गाँउपालिकामा रहेको छ ।


सार्वजनिक तथ्याङ्क अनुसार घोराही उपमहानगरपालिकामा २ लाख ५३० जनसंख्या रहेको छ भने बंगलाचुलीमा २२ हजार ३ सय ७३ रहेको छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७९ हजार ७५५,शान्तिनगर गाँउपालिकामा २७ हजार ६४१, बबई गाँउपालिकामा ३० हजार ९६८,दंगिशरण गाँउपालिकामा ३२ हजार ६६८ जनसंख्या रहेको छ ।

यस्तै लमही नगरपालिकामा ५९ हजार ५०, राप्ती गाँउपालिकामा ५२ हजार १२३, गढवा गाँउपालिकामा ४५ हजार ८९८ र राजपुर गाँउपालिकामा २८ हजार ३४६ जनसंख्या रहेको छ ।