तुलसीपुरमा अभद्र व्यबहारका सबै भन्दा बढि उजुरी

अन्जना विश्वकर्मा
तुलसीपुर, ५ चैत ।
तुलसीपुरमा अभद्र व्यबहारका सबैभन्दा बढि उजुरी परेका छन् । चालु आर्थिक वर्ष २०८०/०८१ को नौ महिनामा ६५ वटा अभद्र व्यबहारका उजुरी परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक ठाकुर प्रसाद पोखरेलका अनुसार तुलसीपुरमा धेरै अभद्र व्यबहारका घटनाहरू हुने गरेका छन् ।

त्यस्तै बैंकिङ कसुरका उजुरीहरु पनि बढि रहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए । अहिलेसम्म तुलसीपुरमा ४७ वटा यस्ता मुद्दा परेका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय तुलसीपुरको कार्यक्षेत्रमा झुण्डी आत्महत्या ४७,भवितव्य ज्यान ३०,सार्वजनिक शान्ति कसुर ३०,सवारी ज्यान सवारी भवितव्य १९,फुटकर ज्यान १८,चोरी १५,विष सेबन गरि आत्महत्या १२,बहुविवाह ११,ज्यान मार्ने उद्योग १२,जवरजस्ती उद्योग ८,लागु औषध ६,अपराधिक लाभ ५,कर्तव्य ज्यान ५ वटा उजुरी परेका छन् ।

त्यस्तै आत्महत्या दुरुत्साहन ३,मुद्रा सम्बन्धी कसुर २, सरकारी दस्तखत किर्ते २,अपराधी उपद्रव २,ठगी २,बालविवाह तथा जवरजस्ती करणी १,अपहरण शरिर बन्धक तथा जवरजस्ती करणी १,बाल यौन दुरुपयोग १,कुटपिट अंगभग १,साइवर अपराध १,मानव बेचविखन १,बालविवाह १,जुवा १ वटा गरि ३ सय ९७ मुद्धा दर्ता भएका छन् ।

चालु वर्षको फागुन मसान्तसम्म जम्मा ३ सय ९७ वटा उजुरी दर्ता भएका छन् । ति मध्ये २ सय २८ वटा मुद्दा फच्यौट भइसकेका छन्, भन ५६ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेको प्रहरी नायब उपरीक्षक पोख्रेलले बताए । उनका अनुसार गएको आर्थिक वर्षका र चालु वर्षका १ सय १३ वटा मुद्दा पेन्डिङमा रहेका छन ।


तुलसीपुरमा लागु औषध कारोबारका समस्या धेरै रहेपनि प्रमाण नभेटिदा पक्राउ गर्न समस्या रहने गरेको छ । प्रयोगकर्ताहरू धेरै रहेपनि मुख्य वितरण केन्द्रको पहिचान नहुँने हुँदा समस्या हुने गरेको उनले बताए । चालु वर्षमा लागु औषध सम्बन्धी ६१ वटा मुद्दा परेका छन् ।

तुलसीपुरमा चालु आर्थिक वर्षको हालसम्म २ सय ७२ वटा निवेदन दर्ता भएका छन । जसमा घरेलु हिंसा अन्र्तगत ४२ वटा निवेदन परेकोमा ४० वटाको मिलापत्र भएको छ भने २ वटा बाँकी रहका छन् । यस्तै सामाजिक हिंसा अन्र्तगतका ३ सय २२ वटा निवेदन आएकोमा १ सय ३१ वटामा मिलापत्र गरिएको छ ।

त्यस्तै खोजतलास सम्बन्धी २ सय ७९ वटा निवेदन आएकोमा २ सय वटा मिलापत्र भएको र ७९ वटा बाँकी रहेका छन् ।चालु वर्षमा थुनुवाहरूको लागि पुस्तकालय राखिएको, मोवाइल गाडीको लागि, ं क्यूआर, राप्ती प्रादेशिक अस्पतालको लागि र उजुरी शाखाको लागि छुट्टा छुटै मोवाइल सेट र मोवाइल नम्वरको व्यवस्था गरेको उनकोे भनाई छ ।

इलाका प्रहरी कार्यालय तुलसपुरको मातहतमा ४ वटा अन्य इलाका प्रहरी कार्यालय रहेका छन भने ५ वटा प्रहरी चौकी र ९ वटा अस्थायी प्रहरी चौकी रहेका छन् । साभारः अग्रिम साप्ताहिक