दाङमा नाचगान गर्दैगर्दा चट्याङ लागेर दुईको मृत्यु, १३ जना घाइते

दाङ, १५ भदौ ।
दाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका –१२ गुरौ गाउँमा मंगलबार राति ११ बजे परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएको डीएसपी राजनकुमार गौतमले जानकारी दिए । तीजको बेला महिलाहरू साल डाडामा भेला भएर नाच्नेक्रममा चट्याङ परेको डीएसपी गौतमले बताए ।