
तुलसीपुर,१३ असार ।
शिक्षा क्षेत्रमा पु¥याएको योगदान र उत्कृष्ट शैक्षिक वातावरणको उच्च मूल्यांकन गर्दै दाङको तुलसीपुरस्थित गोरखा सेकेण्डरी स्कूललाई यस वर्षको प्रतिष्ठित ‘राष्ट्रिय शिक्षा सम्मान–२०८३’ प्रदान गरिएको छ। काठमाडौँमा फोकस नेपालद्वारा आयोजित एक विशेष समारोहका बीच विद्यालयलाई उक्त सम्मान प्रदान गरिएको हो।
विद्यालयले स्थापनाकालदेखि नै अंगीकार गर्दै आएको गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता, उत्कृष्ट शैक्षिक उपलब्धि, र आधुनिक विद्यार्थी केन्द्रित शिक्षण अभ्यासकै कारण यो सम्मान प्राप्त गर्न सफल भएको आयोजक संस्थाले जनाएको छ।
विद्यालय प्रशासनले यो सम्मान सम्पूर्ण गोरखा परिवारको साझा मेहनतको फल भएको बताएको छ।
सम्मानले विद्यालय परिवारलाई थप जिम्मेवार बनाएको विद्यालयका विज्ञान संकाय प्रमुख विष्णु प्रसाद भण्डारीले बताए । विज्ञान संकाय प्रमुम भण्डारी र ब्यबस्थापन संकाय प्रमुख डम्बर डाँगीलाई उक्त सम्मानपत्र हस्तान्तरण गरिएको हो ।



लाइभदाङ । १३ असार २०८३, शनिबार २१:२० बजे