तुलसीपुर ४ मा विभिन्न भातृसंगठनको गठन

तुलसीपुर, १५ असोज ।
नेकपा एमाले तुलसीपुर–४ को वडा कमिटिको आयोजनामा विभिन्न भातृसंगठनहरुको भेला शुक्रवार सुकिदहमा सम्पन्न भएको छ । आगामी मंसीर ४ गतेको संघ र प्रदेश निर्वाचनलाई मध्येनजर गर्दै एमालेको अन्तरपाटी निर्देशन अनुसार वडामा भातृसंगठनहरुको भेला भएको हो । वडा कमिटिको अध्यक्ष घन बहादुर पुनको अध्यक्षता एवं जिल्ला कमिटि सदस्य तथा वडा ईन्चार्ज बालकृष्ण राना (धुव्र)को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलाले एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ वडा कमिटिको पदाधकारी हेरफेर गर्दै अध्यक्षमा सुभा खनाल र सचिवमा डिला कुमारी गौतमलाई चयन गरेको छ । यस्तैगरी भेलाले भातृ संस्था टोप बहादुर नेपालीको अध्यक्षतामा नेपाल उत्पीडित जातिय मुक्ति समाज, देवीराम भण्डारीको अध्यक्षतामा अखिल नेपाल किसान महासंघ, ठाकुर प्रसाद बन्जाडेको अध्यक्षतामा बुद्धिजिवी परिषद, नरेन्द्र पुनको अध्यक्षतामा लोकतान्त्रिक मगर संघ,प्रेम बहादुर डाँगीको अध्यक्षतामा जेष्ठ नागरिक संघ र जग बहादुर पुनको अध्यक्षतामा भुतपुर्व प्रहरी सगठन गठन गरेको छ ।


वडामा यस अघि राष्ट्रिय युवा सघ,लोकतान्त्रिक थारु संघ र अखिल नेपाल महिला संघ गठन भईसकेको वडा कमिटिका सचिव सुक बहादुर केसीले जानकारी दिनुभयो । भेलालाई सम्वोधन गर्दै वडा ईन्चार्ज रानाले पाटी बलियो बनाउन भातृसंस्थाहरुको महत्वपुर्ण भुमिका हुने बताउनुभयो ।यसका लागी कमिटिका पदाधिकारीहरुलाई सक्रिय भएर लाग्न आग्रह गर्दै आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पाटीका उम्मेदवारहरुलाई जिताउनका लागी मेहनत गर्नुपर्ने बताउनुभयो ।

वडा कमिटिका उपाध्यक्ष कलिभान वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय सदय पदम नेपाली र जिल्ला कमिटि सल्लाहकार सदस्य होम बहादुर थापा लगाएतले बोल्नु भएको थियो । भेलाको सहजीकरण लक्ष्मण विश्वकर्माले गर्नुभएको थियो ।