बाँकेको बाल सुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु

बुटवल, ५ असोज । बाँकेको डुडुवा गाउँपालिका ६ स्थित जयेन्दु बाल सुधार गृहमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । गएराति भएको झडपमा एक जनाको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेका छन् । झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।


झडपमा घाइते भएका अन्य १० जनाको उपचार भइरहेको उनको भनाइ छ । गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।