
दाङ, १ असार ।
तुलसीपुर नगरजेसिजको सप्ताहको शनिबार समापन गरिएको छ । शनिबार अन्तिम दिन रक्तदान गरि सप्ताहको समापन गरिएको हो । अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।
त्यस अवसरमा प्रमुख अतिथि शाहले जेसिजले गरेको समाजिक कामलाई निरन्तरता दिनुपर्ने बताए । साथै सरकारलाई पनि झकझक्याउनु पर्ने उनले बताए ।
त्यस अवसरमा १४ जनाले रक्तदान गरेका थिए।
कार्यक्रमको स्वागत समापन कार्यक्रमका संयोजक पारस न्यौपानेले गरेका थिए भने साताव्यापी अन्तर्गत भएका गतिविधिहरूको बारेमा जानकारी मूल समिति संयोजक केशवराज न्यौपानेले गराएका थिए।
यसैगरी जेसी आस्था पाठ कानुनी सल्लाहकार सुरज भण्डारीले गराएका थिए भने कार्यक्रमको सहजीकरण सनद देवकोटाले गरेका थिए। सात दिनसम्म जेसिजले विभिन्न कार्यक्रम गरेको थियो ।



लाइभदाङ । १ असार २०८२, आईतवार १०:०७ बजे