तुलसीपुर, ११ भदौ ।
नगरप्रमुख खड्काले सीपसंग बजारको मागअनुसार नै सीप प्रवर्धनमा ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि खड्काले उद्यमीहरु कागजमै सीमित नभई व्यवहारमा कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले बेरोजगारी उद्यमशीलतामाभन्दा व्यवहारिकतामा विशेष जोड दिनुपर्ने बताउनुभयो ।
अनुदानका नाममा गैह्र किसानहरुले अनुदान पाउने व्यवस्थाको अन्त्य गरिने बताउनुभयो । नगरप्रमुख खड्काले लक्षित उद्देश्यसंग बजारको आकर्षण अनुरुप उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । परम्परागत सीप हट्दै गएकाले यसको प्रवर्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
परम्परागत सीपको विकाससंगै त्यसलाई बजारको मागसंग जोड्नुपर्ने बताउनुभयो । सिकाईलाई अभ्यासमा लैजानुपर्ने बताउनुभयो । उद्यमशीलता विकास प्रशिक्षक प्रशिक्षण कार्यक्रम ग्रीन फाउन्डेशन नेपालको आयोजनामा सुरु भएको छ । ग्रीन फाउन्डेशनका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले यस क्षेत्रमा उत्पादन भएका वस्तुहरु कोशेली घरमाफ्त बिक्री वितरण गर्नुपर्ने बताउनुभयो । प्रमुख प्रशिक्षक बाबुराम राना,तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको हो । कार्यक्रमको स्वागत मन्तव्य सुरेश रावतले व्यक्त गर्नुभएको थियो ।
लाइभदाङ । ११ भाद्र २०७९, शनिबार १३:२१ बजे