
तुलसीपुर, ९ भदौ ।
भदौ ५ गते बिहान ११ बजे मोटरसाईकल ठक्करबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अश्वारा निवासी ७१ वर्षिय मोती वली घाइते भए । उनको प्रारम्भीक उपचारपछि थप उपचारका लागि उनलाई कोहलपुर मेडिकल नेपालगंज रिफर गरियो । उपचारका क्रममा उनको बुधवार ८ गते साँझ मृत्यु भयो । वलीको स्वास्थ्य उपचारका लागि कोहलपुर पुगेका ठक्कर दिने मोटरसाईकल धनी र चालकका आफन्तहरुको वलीको निधनपछि फरार भए । उपचार गर्न गएकाहरु फरार हुुदा वलीको शब दुईदिनदेखि कोहलपुर मेडिकल कलेज शब गृहमा अलपत्र परेको छ ।
मृतकको शब पोष्टमार्टमका लागि पीडितहरुको आर्थिक रहेको र ठक्करदिने मोटरसाईकल धनी र चालकको उपचारमा संलग्न आफन्तहरु फरार हुदा शब गहृमा शब अलपत्र अवस्थामा थन्किएको छ । पीडितहरुको उजुरीको आधारमा ईकाला प्रहरी कार्यालय अस्पतालबाट शब बाहिर निकाले पनि पोष्टमार्टम गर्ने पैसा नहुदा शव अलपत्र परेको मृतकका भतिज रणबहादुर वलीले जानकारी दिए ।
उपचार शुःल्क मोटरसाईकल धनी र चालक आफन्तहरुले नबुझाउदा मृतकको शब आफन्तहरुले घर लिन पाएका छैनन । मृतकका भतिज रणबहादुुर वलीले भने– ‘काकाको निधनपछि मोटरसाईकल धनि र चालकको आफन्त स्वास्थ्य उपचारको पैसा नबुझाई फरार भएपनि अस्पतालमा शब लिन पाएका छैनौं ।’ मृतकको शब अस्पतालबाट निकाल्न आफन्तहरुले हरप्रयास गरीरहे पनि अस्पतालले त्यो अस्वीकार गरिरहेको उनले बताए ।
दंगीशरण गाउँपालिका वडा नंं. ५ कविराम चौधरीको मोटरसाईकल तुलसीपुर उपमहानगरपालिका वडा नंं. ५ रानीजरुवा निवासी सुवास परियारले चलाउदा ठक्कर दिएको ईलाका प्रहरी कार्यालय तुुलसीपुरले जनाएको छ । प्रहरीका अनुसार ठक्करदिने मोटरसाईकल, मोटरसाईकल धनी र चालक प्रहरी नियन्त्रणमा रहेको जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरले पीडितको उजुरी आएका मोटरसाईकल धनि र चालक हिरासतमा रहेकाले उनीहरुको अन्य आफन्तलाई बोलाई शब निकाल्ने बताएको छ ।




लाइभदाङ । ९ भाद्र २०७९, बिहीबार १५:११ बजे