बेलझुण्डी अस्पालमा एक कोरोना संक्रमितको मृत्यु

तुलसीपुर
१९ भदौ । दाङको तुलसीपुर स्थित कोरोना बिशेष अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका व्यबस्थापक दोर्ण ओलीका अनुसार लमही नगरपालिका वडा नं. ९ निवासी २४ बर्षीया महिलाको आज विहान साढे ४ बजेतिर निधन भएको हो । उनी भदौ १० गतेदेखि आईसियुमा उपचाररत थिइन ।


उनमा निमोनियासंगै स्वासप्रश्वासमा समस्या थियो । हाल अस्पतालको आईसियुमा ७ संक्रमितको उपचार भइरहेको छ ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'