
तुलसीपुर, २५ पुस । नेपाली कम्युनिष्ट पार्टीले दाङ क्षेत्र नं.२ को उम्मेदवार निर्मल आचार्यलाई बनाउने भएको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका आचार्यलाई दाङ २ को उम्मेदवार बनाउने भएको हो । सोही अनुसार पार्टीले उम्मेदवारी टुंगो लगाएको हो ।
उनी २०७० को संविधानसभाको निर्वाचनमा पनि पार्टीको तर्फबाट उम्मेदवार थिए ।
दाङ २ बाट यस अघि निर्वाचित रेखा शर्मासहित ७ जनाको नाम सिफारिश भएको थियो ।



लाइभदाङ । २५ पुष २०८२, शुक्रबार २२:०७ बजे