दाङको प्रहरी प्रमुखमा बीर बहादुर वली आउने,काफ्ले को सरुवा

दाङ, ९ भदौ ।
नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार पाँच एसपी सरुवा गरेको हो ।

सुरुवा हुनेमा दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश कुमार काफ्ले समेत रहनुभएको छ। काफ्ले लाई अपराध अनुसन्धान विद्यालय महाराजगन्ज काठमाडौं मा काज सरुवा भएको छ । यस्तै,काफ्ले को ठाउँमा प्रहरी उपरीक्षक (एसपी) बीर बहादुर ओलीलाई दाङ प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ।


यसैगरी काज सरुवा हुने अन्य प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का, सन्तोष सिंह राठौर र खड्क बहादुर खत्री रहनुभएको छ।