प्रमोद आचार्य,
दंगीशरण,२१ फागुन ।
पतञ्जलि योग समिती दंगीशरणको आयोजना तथा पतञ्जलि योग समिती दाङ जिल्लाको अभिभाकत्वमा योग जागरण कार्यक्रम दंगीशरण गाउँपालिकाको शभाहलमा सम्पन्न भएको छ ।
योग प्रती सबैलाई प्रेरीत गर्दै सभ्य अनि स्वस्थ समाज निर्माणका लागी योग जागरण अभियानको आयोजना गरीएको पतञ्जलि योग समिती दाङका सदस्य तथा दंगीशरणका संयोजक दिपक बिष्टले बताए। ‘गोबर गहुत खेतमा ,शुद्ध अन्न पेटमा ,गरौ योग रहौ निरोग ,जस्तो अन्न उस्तै मन’ लगाएतका प्ले कार्ड ब्यानर र राष्ट्रिय झन्डा सहित सभाहलबाट निस्केको ¥यालिले हेकुलि बजार परीक्रमा गरी सभाहलमा पुगी योग जागरण कार्यक्रममा परीणत भएको थियो ।
सयौं संख्यामा योग प्रती रुचि राख्ने योग साधक तथा साधिकाहरुको उपस्थितिमा भब्य समारोहका बिच योग जागरण कार्यक्रमको समापन गरीएको हो । कार्यक्रमको प्रमुख अथितीको आसन बाट बोल्दै योग प्रशिक्षक तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीले योगले शारीरिक स्वस्थता सङ्गै मानसिक स्वास्थ्यमा पनि फाइदा गर्ने बताए । २०७३ देखी आफु योगमा समाहित भएको र योगले आफ्नो जिबन सैली नै परीवर्तन गरेको बताए ।
अहिलेको अवस्थामा योगको अपरीहर्यता रहेको बताउदै अध्यक्ष गिरीले आफुले योगको महत्त्व बुझि एक वडा एक योगहलको अवधारणा अगाडी सारेको बताए। जस अनुसार वडा नं. ५ र वडा नं. ३ मा नब निर्मित योग हलको काम अन्तिम चरणमा रहेको जानकारी दिए । यस्तै विशिष्ट अथिति बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीले स्वस्थ समाज निर्माण गर्न योगको अपरीहार्यता रहेको बताए ।
कार्यक्रममा बोल्दै पतञ्जलि योग समिती लुम्बिनी प्रदेशका प्रशिक्षण विभाग प्रमुख दिपक बस्यालले अब योगले हरेक क्षेत्रको नेतृत्व गर्दै सभ्य समाज निर्माण गर्न सनातन धर्मको जागरुकता ,शैक्षिक जागरुकता अन्तर्गत आचार्य कुलम शिक्षामा जोड दिने र त्यसको लागी गुरुकुल शिक्षाको लागी आचार्य शिक्षालय नेपालमै दाङमा खोलिने र आउदो सरस्वती पुजाको दिन देखी शुरुवात गरीने बताए ।
कार्यक्रममा दाङ जिल्ला भरीका योग प्रशिक्षक तथा प्रभारीहरुको उपस्थिति रहेको थियो । पतञ्जलि योग समिती दंगीशरणका संयोजक दिपक बिष्टको सभापतीत्व दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्रीको विशिष्ट आथित्यतामा योग जागरण कार्यक्रमको समापन गरीएको हो ।
पतञ्जलि योग समिती दाङका जिल्ला सदस्य रोबर सिंह ढकालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य अमर भुषालले गरेका थिए ।
लाइभदाङ । २१ फाल्गुन २०७९, आईतवार १०:३५ बजे