भोलि नेपाल बन्दको आह्वान

भदौ ६, दाङ ।
भोलि मंगलबार चार क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजनामा नेपाल बन्दको घोषणा गरिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी,आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी शुशिल नेतृत्वको नेपाल नेकपा माओवादी समाजवादी पार्टीको आयोजनामा एक दिने नेपाल बन्दको घोषणा गरिएको हो ।

चार क्रान्तिकारी पार्टीले संयुक्तरूपमा विज्ञप्ति जारी गरी नेपाल बन्दको घोषणा गरेको जानकारी दिएका छन् ।