टिकाराम खड्काले भने : ‘मैले गुट परिबर्तन गरेको छैन्’

तुलसीपुर
३ भदौ / माधव नेपाल निकट मानिने दाङका नेता टिकाराम खड्काले आफूले गुट परिबर्तन नगरेको स्पष्ट पारेको छन् । विहीबार फेसबुकमा स्टाटस् लेख्दै आफू माधव नेपाल तिरै रहेको बताएका हुन् ।

नेपालले बुधबार नेकपा एमाले(समाजवादी) दर्ताकालागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । पार्टी बिभाजन हुँदा लोकतन्त्र कमजोर हुने भन्दै एक जुट हुन आबश्यक रहेको समेत बताए ।


नेपालको राजनीतिलाई अस्थिर बनाउनु, कमजोर बनाउनु संघीय लोकतन्त्रिक गणतन्त्र समाप्त पार्ने षडयन्त्र भइरहेको बताएका छन् । नेपाललाई पराधिन मुलुक बनाउने खेल शुरु भएको भन्दै नेकपा एमाले लाई एकताबद्ध हुन नदिनु, भएका सहमति कार्यान्यन नहुँनु, फागुन २३ को फैसला नमान्नु, पार्टीको नवौ महाधिवेशनको कार्यदिशा र केन्द्रीय कमिटी स्वीकार नगर्नु पार्टीको सम्मानजनक एकता गर्न नचाहनु, सर्वजनिक स्थलमा पार्टीका नेताको मान मर्दन गर्नु, बिधान सिद्धान्त कार्यदिशा नमान्नु राजनीतिक अराजकता रहेको बताए ।

केपी ओली, इश्वर पोखरे, शंकर पोखरेलहरुका दम्भका कारण पार्टी एकता नभई बिभाजनमा जानबाध्य पारिएको अबस्था रहेको बताए ।