तुलसीपरमा ६ सय बढिले लिए ईसेवाबाट घरको बीमाको सुविधा

तुलसीपुर,१७ जेठ । दाङको तुलसीपुरमा ६ सय बढिले इसेवाबाट बीमाको सुविधा लिएका छन् । ईसेवा, तुलसीपुर उपमहानगरपालिका, युएएआईडीको तयार नेपाल परियोजना तथा शिखर इन्सुरेन्सको सहकार्यमा ईसेवाबाट सम्पती बीमा, व्यबसायिक बीमा सुविधा प्रदान गरिएको थियो ।

इसेवाबाट तुलसीपुरमा दुई हजार पाँच सय बीमा गर्ने लक्ष्य राखिएको छ । तुलसीपुरमा यो सेवा सुरु भएको एक बर्ष भयो । साथै इसेवाले तुलसीपुर उपमहानगरपालिकामा हेल्प डेस्क समेत स्थापना गरेको बुटवल शाखा प्रमुख रवि पाख्रेलले बताए । उनका अनुसार इसेवाले प्रयोगकर्तालाई ऋण सापटी समेत दिन थालेको छ । हाल इसेवाका देशभर १२ वटा शाखा कार्यालय छन्, भने बैक. तथा बित्तिय संस्थासंग जोडिएको छ ।


तुलसीपुरमा विहीबार भएको वर्कसपमा तुलसीपुर उपमहानगरपालिकाका विपत ब्यबस्थापन शाखा प्रमुख टोपबहादुर डाँगीले इसेवाबाट बीमा गर्न थालेपछि सेवाग्राहीलाई सहज भएको बताएका छन् । अब पनि पैसा बोकेर हिड्नु पर्ने अबस्थाको अन्त्य गर्न इसेवाले भूमिका खेलेको उनको भनाई छ ।

त्यस अवसरमा शिखर इन्स्योरेन्सका तुलसीपुर शाखा प्रमुख निरज आचार्यले सम्पती सुरक्षाकालागि यो बीमाको महत्वपूर्ण भूमिका रहेको बताए । साथै बीमा कार्य इसेवाबाट सुरु हुँदा त्यसले सेवाग्राहीलाई सहज बनाएको बताए । कार्यक्रमको सहजीकरण इसेवाका दाङ शाखा इन्चार्ज सम्राट पोख्रेलले गरेका थिए ।