राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ दाङद्वारा स्वास्थ्य हेल्प डेस्क सञ्चालन

राम प्रसाद सुवेदी
हापुरे, ३० साउन /
दाङको बबई गाउँपालिकामा नेकपा एमाले दाङले आयोजना गरेको जिल्ला स्तरिय दुई दिने प्रशिक्षण कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ दाङद्वारा स्वास्थ्य हेल्प डेस्क सञ्चालन गरेको छ।

आज र भोली हुने जिल्ला प्रशिक्षण कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी स्वास्थ्य हेल्प डेस्क सञ्चालन गरेको स्वास्थ्यकर्मी महासंघ दाङका अध्यक्ष सरदराज गिरीले जानकारी दिए ।

स्वास्थ्य हेल्प डेस्कमा एमबिबिएस डाक्टर सन्दिप शर्मा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलिले स्वास्थ्य चेकजाँच गरिरहेको छ, भने सामान्य टाउको दुख्ने रुघाखोकी प्रेसर लगायतका औषधीहरु समेत निःशुल्क रुपमा बितरण गरिरहेको अध्यक्ष गीरिले जानकारी दिए ।