सत्यसाइ केन्द्र तुलसीपुरद्धारा चिसापानी गौसालालाई सहयोग

दंगीशरण, ११ फागुन ।
सत्यसाइ केन्द्र तुलसीपुरले दंगीशरण ६ मा अवस्थित चिसापानी गौसालामा दाना तथा नुन सहयोग गरेको छ । सत्यसाइ केन्द्रको टोलो त्यहाँ पुगि आज ७ बोरा दाना तथा १ बोरा नुन सहयोग गरेको हो ।

पछिल्लो समय लक्ष्मिको रुपमा पुजिने गौमाता गाइको स्याहार तथा हेरचाह गर्न छोडेको कुरा प्रती दुखि हुदै सत्यसाइ केन्द्र तुलसीपुरले गौसालामा भएका गाइहरुको असल हेरचाह तथा खानपिनको राम्रो प्रबन्ध तथा सबैले सहयोग गरी मानविय सेवा प्रकट गरीदिन आग्रह गरेको छ ।

अहिले दंगीशरण ६ मा अवस्थित चिसापानी गौसालामा ९० गाइहरू रहेको र गाइहरूलाई खानाको अभाव नरहेपनि गाइवस्तुलाई पानी र चिसोबाट जोगाउन एउटा गोठको अत्यन्त आवस्यक रहेको चिसापानी गौसालाका अध्यक्ष लक्ष्मण केसिले बताउनुभयो ।


गौसालामा स्थानिय सरकारले स्वामित्व लिदै अहिलेको आर्थिक वर्षमा ७ लाख बजेट समेत विनियोजित गरेको र गाइहेर्नलाई ३ जना हेरालुको समेत ब्यबस्था गरीएको गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारी दिनुभयो । पछिल्लो समय परम्परागत खेती प्रणालिको कमि र कृषिमा आधुनिक यांत्रिकरणले पनि गाइपालन तथा संरक्षणमा कमि आयको अध्यक्ष गिरीले बताउनुभयो ।

आज सत्य साइकेन्द्र तुलसीपुरले गाइलाइ दाना तथा नुन वितरण गर्न पाउदा आफुहरु धेरै खुसि भएको र आगामिदिनमा पनि अरु यस्तै सहयोग सहित आफुहरु प्रस्तुत हुने सत्य साइकेनन्द्रका क्षेत्रीय संयोजक सरस्वती रजौरेले बताउनुभयो ।