कर्मचारीलाई बलात्कार प्रयासको आरोपमा ड्राइभिङ सेन्टरका सञ्चालक पक्राउ

तुलसीपुर
२४ साउन / दाङमा युवतीमाथि बलात्कार प्रयास गरेको भन्दै एक ड्राइभिङ सेन्टर सञ्चालक पक्राउ परेका छन ।

बालिकाले इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेरी दिएपछि रोल्पाको त्रिवेणी गाउँपालिका घर भई दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा बागेश्वरी ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आएका ३४ वर्षीय बालाराम डाँगीलाई पक्राउ गरिएको हो ।

डाँगीले ति युवतिलाई राति कार्यालयमा बोलाएका थिए । आफ्नो श्रीमति पनि कार्यालयमै भएको र जरुरी फर्म भर्नु पर्ने छ, भनी राति १२ बजे बोलाएका थिए । डाँगीको श्रीमति पनि कार्यालयमै भएको भनि डाँगीले भनेपछि उनी सहजै कार्यालय आईन् । तर, उनले एक जना साथी पनि लिएकी थिइन् ।


तर, श्रीमति साथमा नभएपछि राति १ बजेतिर फर्किने क्रममा भ¥याङमा समाएको इप्रका तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । साथी पनि संगै भएकाले ति युवती उम्किन सफल भएकी थिइन् । घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।