६ मा पढ्दै गर्दा बाल संगठन बनाउन खटिन्थिन ‘शुसिला’

दाङकी शुसिला चौधरी थारु महिलाबाट समानुपातिकको बन्द सूचिमा परेसंग भोट माग्न ब्यस्त छन् । माओवादी केन्द्रले बुझाएको समानुपातिकको बन्द सूचिमा उनी छन् ।

यस्तो छ, उनको राजनीति पृष्ठ भूमि
उनी सानै उमेददेखि राजनीतिमा सक्रिय थिइन् । कक्षामा पढ्दै गर्दै उनले आफू सरहका साथीहरुलाई भेला गरेर बाल संगठन बनाउथिन् । त्यसरी नै उनी २०५६ सालदेखि नै राजनीतिमा सक्रिय हुँदै आइन् । त्यसपछि बाल संगठनकै एरिया कमिटि हुँदै पार्टीको ‘वन मेन कन्टेट’मा रही काम गरिन् । त्यस्तै उनी विद्यार्थीको जिल्लास्तरीय समितिमा कोषाध्यक्ष, उपाध्यक्ष हुदै केन्द्रीय समिति सचिबालय समेत भइन् ।

उनले केन्द्रीय समितिको सचिबालय भइसकेको ब्यक्ती समेत विद्यार्थी आन्दोलनलाई थप उर्जा दिन जिल्ला अध्यक्ष समेत भइन । त्यतिबेला उनी युथ एक्सन अभियान, सर्च फर कमन ग्राउण्ड नामक संस्थाले तीन दिने तालिममा सहभागि भइन् । त्यो तालीममा सहभागि हुँदा बेपत्ता पारिएका महिलाहरुको त्यो पीडा सुनेपछि त्यसलाई आफ्नो तर्फबाट समाधानकालागि पहल गर्नुपर्छ भन्ने लाग्यो र सङ्क्रमणकालिन न्यायको अभियान लाबमद्ध भइन् ।

त्यसकालागि द्वन्द्व प्रभावित सरोकार केन्द्र दाङ खोलेर काम गरिन् । उनी त्यो संस्थाको सचिब, अध्यक्ष भईन्, भने नेफाडको सदस्य, कोषाध्यक्ष र द्वन्दपीडित साझा चौतारीको कोषाध्यक्ष भएर काम गरिन् । ति संस्थाबाट आम द्वन्द्व पीडित परिवार तथा समुदायको न्यायको क्षेत्रमा सक्रिय भएर वकालत गरिन् ।

त्यस्तै उनी थारुवान,अवध,तमवुवान हुदै,नेवाको ईन्चार्ज भई काम गरिन् । उनी लेखनाथ न्यौपाने, हिमाल शर्मा, रत्न ढकालको कार्यकालमा विद्यार्थीको केन्द्रीय सचिब बनेर समेत आफ्नो जिम्मेवारी पूरा गरिन् । पार्टी र संगठनकालागि ज्यू ज्यान दिन तयार रहेकी उनी १० दिने लिपुलेक यात्रा गरिन् । पैदल गरिएको त्यो यात्रामा महिला उनी मात्रै थिईन् । अन्य १८ जना पुरुष थिए । त्यो यात्राले पनि उनी संगठन र पार्टीलाई जस्तो कटिनाईमा पनि साथ दिन सक्छिन्, भन्ने पुष्टि भएको थियो ।


उनी सहिद परिवार हुन्
उनी सहित परिवार हुन । उनको दिदी वेपत्ता छन्, भने दाजु राहुल सहीद हुन् । २०५९ वैशाख ३ गते विहान उपचारकालागि तत्कालिन महेन्द्र अस्पतालबाट उनको दिदी राकली चौधरीसहित चार जनालाई पक्राउ गरी आर्मीले लियो । त्यति बेलादेखि उन भेटिएकी छैनन् । राहुलको हत्या नगर्दासम्म तत्कालिन अबस्थामा शाही सेनाले उनको परिवारलाई चरम यातना दियो ।

माओवादीले घोराही ब्यारेक कब्जा गरेपछि उनका वुवालाई घरमै मरणासन्न हुने गरि कुटपिट ग¥यो । त्यो कुटपिटले उनका वुवा ३ महिनासम्म थला परे । घरमा रहेका आमा, बाजेसहित पाहुनालाई समेट कुटपिट गर्ने गथ्र्यो । त्यही क्रममा उनका दाजु राहुलसहित तीन जनालाई २०६१ चैत २५ गते चरम यातना दिएर हत्या गरियो ।

पढाई छोडेर, संगठनमा आबद्ध
उनी सानैमा संगठनमा लागेपछि पढाई पनि छुट्यो । तर, जनवादी शिक्षा सम्वन्धी तालिम लिएर उनी आफू पनि साक्षर बनिन् र अरुलाई पनि साक्षर बनाउँदै हिडिन् । रोल्पा र सल्यानमा बालक देखि बृढ आमा,वुवालाई साक्षर बनाउन ७ ठाउँको जिम्मा दिएर पठायो । उनको नेतृत्वमा विद्यार्थी संगठनको काम गर्दा शिक्षकहरुले पढ्न सुझाउथे ।

त्यसपछि उनले पढ्न पनि सुरु गरिन् । २०६५ सालमा उनले महेन्द्र स्कुल तुलसीपुरबाट एसएलसी पास गरिन् । एसएलसी पासपछि उनले राजनीति र पढाईलाई निरन्तरता दिइन । आईए पनि पास गरेपछि धेरैको सुझाब अनुसार एलएलबी पढिन् । राजनीतिक शास्त्रमा डीग्री पनि गरेकी छिन् ।