टरिगाउँ एयरपोर्टमा फ्लाईट घटाईयो : हप्तामा तीन पटक मात्रै हवाई सेवा

दीपक बोहरा
दाङ,२३ साउन । दाङको टरिगाउँ एयरपोर्टमा फ्लाईट घटाईएको छ । अहिले हप्तामा तीन दिन मात्रै फ्लाईट हुने गरेको छ । नेपाल बायु सेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज विग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, विहीबार र शुक्रबार मात्रै फ्लाईट हुने गरेको छ । यस अघि दैनिक हवाई सेवा थियो ।“जहाज ग्राउन्डेड भएकाले अहिले तीन दिन मात्रै सेवा दिने गरेका छौं”,उनले भने“ पहिले शुक्रबार र शनिबार बाहेक अन्य दिन सेवा दिने गरेका थियौं,त्यपछि प्रत्येक दिन पनि भएको थियो, तर, अहिले घटाउनु पर्ने अबस्था आएको छ ।” असारको दोस्रोसातादेखि नियमित हप्तामा तीन मात्रै सेवा दिन थालिएको भन्दै अब साउन अन्तिम तिर दैनिक फलाईट भर्ने तयारी रहेको समेत उनको भनाई छ । अहिले हप्तामा तीन दिन फ्लाईट् भएपनि यात्रुको त्यति चाप नभएको उनले बताए । सरदर १०÷१२ जना यात्रु आवतजावत गर्ने गरेका छन् ।

अहिले दाङ – काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० छन्, भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाडौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैँया बढी हुन्छ । काठमाडौंमा यात्रु सेवा वापत पाँच सय रहेको , दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुइसय रुपैँया बढि लाग्ने गर्छ ।

अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ । ठूला जहाज आउनकालागि धावनमार्ग विस्तार गर्नुपर्छ । त्यसकालागि यस क्षेत्रमा पटक–पटक माग हुने गरेको छ । अहिले ७५० मिटर लम्बाई र३० मिटर चौडाई रहेको धावन मार्ग छ । त्यसलाई बढाउन सकिएमा ठूला जहाज बस्ने र हवाई भाडा सहज हुने अपेक्षा गरिएको छ।

डिपो सञ्चालनकालागि ल्याब रिपोर्टको पर्खाई
एयरपोर्टमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोमा इन्धन भण्डारणकलागि ट्याङ्की पनि आईसकेको छ, भने अन्य आबश्यक भवन, सेट, कम्पाउन्ड, डिपोबाट एयरपोर्टसम्म पुग्ने सडक निर्माण भइसकेको नेपाल आयल निगम वितरण केन्द्र तुलसीपुरका प्रमुख विपिन कुमार श्रेष्ठले बताए ।“डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ”,उनले भने“अब केही समयमा सञ्चालनमा आउछ ।” डिपो सञ्चालनकालागि अहिले बायो परीक्षणकालागि भारत पठाईएको छ । त्यो रिपोर्ट आएपछि निगमको केन्द्रीय कार्यालयले समिति निर्माण गरेर सञ्चालनमा ल्याउने छ ।


करिब ५ लाखको लागतमा उक्त डिपो निर्माण गरिएको हो । डिपोमा रहेको ट्याङ्कीमा इन्धन पनि ल्याइसकिएको छ । ३० हजार लिटर क्षमता भएको उक्त इन्धन डिपोमा अहिले २० हजार लिटर इन्धन ल्याईएको छ ।ट्याङ्कीमा ३० हजार र बाउजरमा ११ हजार लिटर भण्डारण गर्न सकिने प्रमुख श्रेष्ठले बताए । उनका अनुसार भारतको लखनउबाट नेपालगञ्ज ल्याउने र नेपालगञ्जबाट दाङमा इन्धन ल्याईनेछ ।

इन्धन डिपो आएपछि भाडामा त्यतिधेरै तलमाथि नभएपनि सहज हुने बायु सेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माले बताए । उनका अनुसार काठमाडौंबाट १२ जना मात्रै आउने गरेका छन्, बाँकी सिटमा इन्धन बोकेर ल्याउनु पर्छ । तर, यही इन्धन भर्न सकेमा सबै सिटमा यात्रु आउनेछन् । दाङबाट पनि अहिले सबै सिटमा पठाउन सकिएको अबस्था छैन । इन्धन डिपो सञ्चालनमा आएमा सबै सिटमा राखेर पठाउन सकिने उनले बताए । २०११ सालमा उक्त एयरपोर्ट सञ्चालनमा आएको हो । तर, बीच–बीचमा हवाई सेवा अनियमित हुने गरेको छ ।साभारःअग्रिम साप्ताहिक 

May be an image of outdoors and text that says 'し स्वाधीनता,समृद्धि समाजवादको अगिम यात्रा www.livedang.com सबै समाचार LIVE DANG.CO साप्ताहिक WEEKLY www.livedang.com गते सोमबार (Agrim Weekly, Monday 2022) पृष्ठ६ दीपकबोहरा/ टरिगाऊँ एयरपोर्टमा फलाईट घटाईयो हप्तामा तीन पटक मात्रे हवाई सेवा एयरपोर्टमा पठाईएको समिति डिपोमा ट्रयादकीप मेट्रोका विद्यार्थी परीक्षणकालागि भडरहेको अनियमित पढ़छन्, व्यवसाय गछन कलेजमा सव विभिन्न हने गरसकएका'