दाङमा बर्षाको मापन खतराको स्तर भन्दा माथि

तुलसीपुर,२२ असार । दाङमा बर्षाको मापन खतराको स्तरभन्दा माथि पुगेको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार एक सय मिलिमिटर भन्दा माथि बर्षा भएमा खतरा मानिन्छ । दाङका सबै क्षेत्रमा एक सय मिलिमिटर भन्दा बढि बर्षा भएको छ ।

शनिबार विहानसम्म घोराहीमा १८३.८ , शुक्रबारमा १४५, लमहीमा १८१.८, लालमटियामा १४९.४, गंगदीमा ११६ मिलिमिटर बर्षा भएको छ । त्यस्तै गंगादीमा ११६.४, कोइलाबासमा ६५.२, अम्बापुरमा १९, रातामाटामा १०.६, बगासोती ५१.६ मिलिमिटिर बर्षा भएको छ ।


खतराको स्तर भन्दा माथि बर्षा भएकाले सचेत रहन अनुरोध गरिएको छ ।