दाङ,१८ साउन ।
दाङमा एक ८ बर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ ।
मंगलबार राति ९ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ५ निवासी अञ्दाजी २८ बर्षीय चमन विकले सोही ठाउँ निवासी बालिकामाथि जबरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
ति युवकले बालिकाको घर देखि एकसय मिटर टाढा मकै बारीमा जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । विकलाई आज विहान १० बजे विजौरीमा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको छ ।
लाइभदाङ । १८ श्रावण २०७९, बुधबार १३:४५ बजे