दंगीशरणमा कृषि रणनीतिक योजना सम्बन्धि कार्यशाला गोष्ठि

प्रमोद आचार्य
दंगीशरण, १८ असार ।
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजना दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राबिधिक सहयोगमा संचालित दंगीशरण कृषि तथा पशु विकासमा आधारीत साना किसान तथा युबा उद्यमशिलता साझेदारी परीयोजनाले सरोकारवालाहरुको उपस्थितिमा कृषि रणनीतिक योजना सम्बन्धि कार्यशाला गोष्ठि दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको छ ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष पिमा खड्काको बिशिष्ट आथित्यतामा गोष्ठि सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिका कृषिको राम्रो सम्भावना बोकेको गाउँपालिका रहेकाले यस पालिकाको कुन वडाको कुन गाउँमा कुन प्रकारको कृषि उपयुक्त हुन्छ त्यसको बिस्तृत रिपोर्ट थाहा पाउन साझेदारी संस्थासंग कृषि रणनीतिक योजना माग गरेको बताउनुभयो ।

आफ्नो कार्यकालमा पालिकाका हरेक ठाउँको बस्तुस्थित अनुसारको कृषी योजना तयार गरी दंगीशरणलाइ कृषि उत्पादनको हब बनाउने सोचमा रहेको बताउनुभयो ।

कृषि रणनीतिक योजनाको कृषि विज्ञ परामर्शदाताको रुपमा डा. राम बहादुर रावतले योजनाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा गाउँपालिकाका ७ वटै वडा अध्यक्षहरुले आफ्नो राय सुझाब राख्नुभएको थियो ।

वडाअध्यक्षहरुको भनाई निम्नानुसार रहेको छ :
१. रमेश भण्डारी :
बाख्राको खोर सुधारमा ध्यानदिन आग्रह गर्दै कुन ठाउँमा कुन कुराको सम्भाब्यता छ त्यसको गतिलो अध्ययन गरेर ठाउ अनुसारको कार्यक्रम गर्न सुझाव दिनुभयो ।

२. डम्बर खत्रीः परम्परागत विधि छोडी आधुनिक खेती प्रणालिको विकास योजनाले जोड दिनु पर्ने त्यसकालागी सिचाइ प्रमुख कुरा रहेको भनाई ।


३. शुकलाल चौधरी : लगानीको आधारमा त्यसको प्रतीफल के कती भयो भनेर त्यसको समय–समयमा मुल्यांकन गर्न र उपलब्धिमुलक योजना र प्रभावकारी बनाउन सुझाब ।

४. कमल थारु : किसानले फलायका बालि तरकारीको उचित मुल्य नहुने र बिचौलियाको रजाइलाई अन्त्य गर्दै बजारीकरणको ग्यारेन्टि हुनु पर्ने सुझाब ।

५. निरज बस्नेतः बजारीकरणको व्यवस्था जहाँ उत्पादनमुखि ठाउँ छ त्यस्ता ठाउँमा त्यहि अनुरुपको कृषि व्यवसायलाई प्रोत्साहन गर्नु पर्ने ।

६. रोशन जङ शाहः कुन माटोमा कुन–कुन बालिको उत्पादन हुन सक्छ र कुन गाउँका जनतालाई कुन कार्यक्रम अन्तर्गत आत्मनिर्भर बनाउन सकिन्छ भन्ने उदेश्यले समग्र गाउँ अनि टोलमा कुन बालिनालिको सम्भाब्यतान छ त्यसको समग्र दस्ताबेजको आवश्यकता ।

७. रेशम वलि : भौगोलिक भु–बनावट र माटोको परीक्षण गरी योजना केन्द्रीत गर्न सुझाव ।

शरु भुषाल कृषि शाखा प्रमुख : प्राङ्गगारीक माटोको कमिले गर्दा उत्पादनमा ह्रास आएकाले प्राङ्गारीक मलको प्रयोग तर्फ किसानलाइ उन्मुख गराउनुपर्नेमा जोड ।
हितराम चौधरी पशु शाखा प्रमुख : दंगीशरण गाउँपालिकाको ७ वटै वडामा पशुको सवालमा सबै वडालाई उत्पादनको आधारमा हब छुटाइसकेको र दुधको पकेट एरीया विकास गर्न आवश्यक परेको पशु शाखा प्रमुख चौधरीको सुझाव ।

कार्यक्रममा विषयवस्तुमाथि हेफर प्रोजेक्ट नेपालका क्षेत्रीय अधिकृत प्रकाश केसीले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका नबराज अधिकारीले गर्नुभएको थियो ।