ट्राफिक सचेतना दिन विद्यार्थीको ¥याली र सडक नाटक

तुलसीपुर
१६ साउन / दाङको तुलसीपुरमा सवारी दुर्घटना न्यूनिकरणकालागि विद्यार्थीहरुले सडक नाटक तथा ¥याली प्रदर्शन गरेका छन् । तुलसीपुर ६ स्थित हिमाल एकाडेमीमा कक्षा ११ र १२ का विद्यार्थीहरुहरुले सचेतनामुलक ¥याली तथा सडक नाटक प्रर्दशन गरेका हुन् ।

उनीहरुले बढ्दो सडक सवारी दुर्घटना न्युनिकरण गर्न र सडक प्रयोग सम्बन्धि वास्तविक ज्ञान प्रदान गर्ने उद्देश्यले नाटक तथा ¥याली प्रदर्शन गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तिर्थ भुषालले बताए । उनका अनुसार ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको संयोजनमा उक्त कार्यक्रम भएको हो ।


विद्यालयदेखि गुमराहचोक, जेसिज चोक हुदै विरेन्द्र चोकसम्म ¥याली पुगेर त्यहाँ सडक नाटक प्रदर्शन गरिएको थियो । त्यसपछि ‘ग’लाईन हुँदै ट्राफिक कार्यालयबाट विद्यालयतर्फ विद्यार्थीहरु ¥याली लिएर गएका थिए ।